सरकारी निर्णयको विरोधमा बुटवलमा कांग्रेसको प्रदर्शन

सरकारी निर्णयको विरोधमा बुटवलमा कांग्रेसको प्रदर्शन

बुटवल । राजनीति पुर्वाग्रहबाट प्रेरित भइ सरकारले गिरिजाप्रसाद र शुसील कोइरालाको नाममा रहेका अस्पताल विघटनको संघारमा पुरयाएको भन्दै नेपाली काँग्रेस रुपन्देही आन्दोलित भएको छ ।
बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल र तनहुँको जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाइ संघ मातहत नराख्ने सरकारको निर्णय विरुद्ध आज शुक्रबार काँग्रेसले बुटवलको ट्राफिक चोकमा बिरोध प्रर्दशन तथा कोण सभा गरेको छ ।

कोण सभामा बोल्ने नेताहरुले बहुमतको दम्भमा सरकारले एकलौटी रुपमा गलत निर्णयहरु गरीरहेको भन्दै ती कदम तत्काल नसच्याए आन्दोलनलाइ अझ कडा परीने चेतावनी दिएका छन ।
कार्यक्रममा बोल्दै काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले कसैको पनि इतिहास मेटाउने अधिकार सरकारलाइ नभएको भन्दै तत्काल निर्णय सच्चाउन माग गरे ।

दशबर्ष सम्म हतियार बोकेर जंगलमा बसेको तत्कालिन माओवादीलाइ शान्ति प्रक्रियामा ल्याइ शान्ति सुव्यवस्था कायम गर्न महत्वपुर्ण भुमीका खेल्ने गिरिजाप्रसाद र बर्तमान संविधानका पिता शुसील कोइराला नेपाली काँग्रेसका मात्रै नेता नभइ देशकै गौरबशाली नेता भएको सभापती रज्जाकले बताए ।

सरकारले देशकै गौरबशाली नेताहरुको योगदानको अवमुल्यन गरे गाँउ गाँउबाट हजारौ जनता सडकमा ओर्लीने चेतावनी समेत दिए ।

काँग्रेससंग जोरी खोज्नेहरु चुरचुर हुने दावी गर्दे सभापति रज्जाकले बर्तमान सरकार पनि समाप्तिको बाटो तिर गइरहेको टिप्पणी गरे ।

कार्यक्रममा नेताहरु रामकृष्ण खाँण, बिष्णु पोख्रेल, रामप्रसाद अधिकारी लगायतले बोल्दै गिरीजाप्रसाद र सुशील कोइरालाको नाममा रहेको अस्पतालका सम्बन्धमा गरेको निर्णयबाट सरकार पछाडी नहने सम्म काँग्रेसको आन्दोलन नरोकीने बताए ।

राजनीतिक पुर्वाग्रह राखेर लिइएका गलत निर्णय नसच्चिए सरकार बिरुद्ध कडा संघर्षका कार्यक्रम गर्ने बताए ।

बिरोध सभामा बोल्ने नेताहरुले प्रतिपक्ष दलको नेता बिनै संवैधानिक आयोगहरुमा अध्यक्ष नियुक्त गरेर सरकारले सर्वसत्ताबादी चरित्र देखाएको भन्दै आपत्ति जनाए ।
डा.गोबिन्द केसीले उठाएका मागहरु आम जनताको पक्षमा रहेकाले तत्काल तीनको सम्बोधन गरी डा. केसीको जीवन रक्षाको माग पनि गरेका छन । भेला अघि नेता कार्यकर्ताले बुटवलको महेन्द्रपार्कबाट ट्राफिक चोक सम्म सरकार विरुद्ध नाराबाजी गर्दै रयाली निकालेका थिए ।

सरकारले केही दिन अघि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र तनहुँको जिपी कोइराला श्वासप्रश्वास केन्द्र बाहेक देशका अन्य ९ वटा अस्पतालाइ संघीय सरकार मातहत राख्ने निर्णय गरेको थियो ।

काँग्रेसका नेतासंग नाम जोडीएकै कारण महत्वपुर्ण र ठुला अस्पताल भएपनि सरकारले ती दुइ अस्पतालाइ संघ मातहत नराख्ने निर्णय गरेको भन्दै नेपाली काँग्रेसले निर्णय सच्याउन माग गर्दै संघीय संसद समेत अवरुद्ध गर्दै आएको छ ।

बहुमतको दम्भमा सरकारले लोकतान्त्रिक पद्यती मुल्य र मान्यता बिपरितका कामहरु गरेको भन्दै रुपन्देही काँग्रेस र उसका भातृ संगठनले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेका छन ।
काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले शनिबार बुटवलमा सरकार बिरुद्ध प्रदेश स्तरीय बिरोध प्रदर्शन गर्ने तयारी गरीरहेको तरुण दल रुपन्देहीका सचिव रमेश शाहीले बताए ।

प्रकाशित मिति : शुक्रबार, माघ ११ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij