बुटवल,
लुम्बिनी प्रदेश सभामा बिपक्षी दलका प्रदेश सभा सदस्यहरुले बर्तमान प्रदेश सरकार अल्पमतमा परेकोले नयाँ सरकार गठन गर्ने मार्ग प्रसस्त आग्रह गरेका छन् ।
आज बसेको प्रदेश सभाको पहिलो अधिवेशनको सातौं बैठकमा बिशेष समय लिएर बोल्दै बिपक्षी दलका प्रदेश सभा सदस्यहरुले बर्तमान प्रदेश सरकारलाई समर्थन गरी सरकारमा सहभागि भएका मन्त्रीहरुले राजिनामा दिनुका साथै समर्थन फिर्ता लिएकोले बर्तमान सरकारले नैतिकताको आधारमा राजिनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका हुन् ।
प्रदेश सरकारले हालसम्म २५ प्रतिसत बजेट मात्रै खर्च गरेको भन्दै उनिहरुले अहिले आगामि बर्षको बजेट बनाउने समय भएकोले नयाँ सरकार गठन गर्ने मार्ग प्रसस्त गरिदिन आग्रह गरे ।
बर्तमान सरकार लामो समय लम्बिन नसक्ने यथार्थ सबैले बुझेको भन्दै प्रदेश सभा सदस्यहरुले संबिधानको धारा पल्टाएर नभई मुलुक र प्रदेशको बिशिष्ठ परिस्थितिलाई मध्यनजर गरी नैतिकताको आधारमा राजिनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिनुपर्नेमा जोड दिए ।
बैठकमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता समेत रहेका प्रदेश सभा सदस्य प्रचण्डबिक्रम न्यौपाने,नेपाली कांग्रेसका अर्का प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी,लोकतान्त्रिक समाजवादी पाटी संसदीय दलका नेता सन्तोष पाण्डेयले मुलुक र प्रदेशको बिशिष्ठ अवस्थालाई मध्यनजर गरी नैतिकताको आधारमा राजिनामा दिएर नयाँ सरकार गठन गर्ने मार्ग प्रसस्त गर्न आग्रह गरेका हुन् ।
सत्ता पक्षीय नेकपा एमालेका प्रदेश सभा सदस्य गिरीधारीलाल न्यौपानेले भने बर्तमान सरकार कानूनले निस्चित गरेको समयसीमा भन्दा एक मिनेट पनि सत्तामा नबस्ने भन्दै सरकारले तत्काल राजिनामा नदिने संकेत गरे ।
आजको बैठकमा मुख्यमन्त्री लिला गिरीको तर्फबाट स्वास्थ्य मन्त्री बिष्णु पन्थीले“लुम्बिनी प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक” सभामा पेश गरेका थिए ।
प्रदेश सभाको अर्को बैठक भोली मंगलबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र २० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्