शान्तिको कामना गर्दै तिलौराकोटदेखि लुम्बिनीसम्म अन्तर्राष्ट्रिय म्याराथन

शान्तिको कामना गर्दै तिलौराकोटदेखि लुम्बिनीसम्म अन्तर्राष्ट्रिय म्याराथन

बुटवल
लुम्बिनी प्रदेश खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीको
संयुक्त आयोजना बिहीबार लुम्बिनीमा अन्तर्राष्ट्रिय पिस म्याराथन प्रतियोगिता हुने भएको छ ।

आयोजक लुम्बिनी खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीले आज बुटवलमा पत्रकार सम्मेलनकाे आयोजना गरि प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय खेलकूद दिवसको अवसर पारेर लुम्बिनीलाई विश्वसामु चिनाउन र लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले गाैतमबुद्वकाे जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय पिस म्याराथन प्रतियोगिता आयोजना गरिएको लुम्बिनी खेलकूद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।

प्रतियोगिताले लुम्बिनी लगायत यस क्षेत्रकै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

खेलकूदको माध्यमबाट लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उदेश्यले २०७ राष्ट्रका खेलाडीलाई निमन्त्रणा गरिएको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए ।
निमन्त्रणा गरिएका सबै देशबाट सहभागी भएमा हालसम्मकै ठूलो म्याराथन हुने महासचिव श्रेष्ठककाे दाबी छ ।

कपिलवस्तुको तिलौराकोट दरबारबाट विहिबार विहान ७ बजे म्याराथन सुरु भई लुम्बिनीको शान्ती दीपमा आएर समापन हुने महासचिव श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा भारत,श्रीलंका लगायत विभिन्न देशका ५० बढी धावक सहभागी हुने अपेक्षा गरिएको उनले बताए । यो वर्षको प्रतियोगिता समापनसँगै २०७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ । विशेष गरि वुद्धिजम मान्ने देशहरुलाई लक्षित गरिएको श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार र तृतीय हुनेलाई २५ हजार नगद राशी प्रदान गरिने लुम्बिनी प्रदेश खेलकूद परिषदका सदस्य सचिव भट्टराईले बताए ।

यसैगरी उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए । पुरस्कारका लागि मात्रै ४ लाख २४ हजार खर्च अनुमान गरिएको प्रतियोगिता सफल पार्न ४० लाख खर्च अनुमान गरिएको उनले बताए ।

प्रकाशित मिति : बुधबार, चैत्र २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij