बाबुको ठेगान नभएको एकल महिलाको बच्चाको थर मावलीकै हुने

बाबुको ठेगान नभएको एकल महिलाको बच्चाको थर मावलीकै हुने

काठमाडौं : सरकारले एकल महिलाबाट जन्मेको बाबुको ठेगान नभएको बच्चाको जन्मदर्ता लगायतका कागजात बनाउन निर्देशन दिएको छ।

 

 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई सरकारी कागजातबारे ४ बुँदे सर्कुलर जारी गरेको छ।

विभागका निर्देशक नवराज जैसीले जारी गरेको सर्कुलरमा विवाहअघि जन्म भएको तर बाबुको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा बसेको भए बच्चाको थर मावलीकै राख्न निर्देशन गरिएको छ। तर ठेगाना भने आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने विभागले जनाएको छ।

बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिने निर्देशक जैसीले बताए। यसरी बच्चाको जन्म दर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा भने सो जन्मदर्ता रद्द गरी बाबुको ठेगानबाट नयाँ जन्मदर्ता गरिने भएको छ।

 

 

प्रकाशित मिति : बिहिबार, चैत्र २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij