समान अवस्था र विशेषता भएका शहरहरुका बीचमा विकासका लागि साझेदारी आवश्यक: नगर प्रमुख पाण्डेय

समान अवस्था र विशेषता भएका शहरहरुका बीचमा विकासका लागि साझेदारी आवश्यक: नगर प्रमुख पाण्डेय

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान अवस्था र विशेषता भएका शहरहरुका बीचमा विकासका लागि साझेदारी आवश्यक रहेको बताउनुभएको छ।
भारतको नयाँ दिल्लीमा आयोजित एशियाली देशका शहरहरुका मेयरहरुको सम्मेलनमा बोल्दै प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिका एशियाका उत्कृष्ट शहरहरुको अनुभव र उपलब्धिलाई अंगाल्दै समृद्ध शहर बन्ने गरी काम गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले एशियाली मुलुकका नगरहरुको समान विकासका लागि एकआपसमा सहकार्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले अबका शहरहरुको विकास भौतिक विकासमा मात्रै केन्द्रित नभइ मानव संसाधनको विकास र रोजगार सिर्जनामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उहाँले बुटवलले मानव संसाधनका क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन र खपतमा ध्यान दिएको भन्दै अरु मुलुक र नगरहरुबाट थप अनुभव लिएर काम गर्ने बताउनुभयो । उहाँले बुटवलमा पीपीपी मोडलमा केही सफल अभ्यासहरु भइरहेको र यसले अन्य शहरहरुलाई सिकाइ हुनसक्ने बताउनुभयो ।
प्रमुख पाण्डेयले बुटवल धेरै जिल्लाबाट बसाइ सरेर आएकाहरुको शहर भएकाले बुटवलको विकास र आवश्यकता असीमित रहेको बताउनुभयो । उहाँले सम्मेलनमा सहभागी नगरका प्रमुखहरुलाई बुटवल भ्रमणको निम्तो पनि दिनुभएको थियो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij