अर्घाखाँचीकाे शीतगङ्गामा दुई दिनदेखि टेलिफोन सेवा ठप्प

अर्घाखाँचीकाे शीतगङ्गामा दुई दिनदेखि टेलिफोन सेवा ठप्प

अर्घाखाँची – अर्घाखाँचीकाे शीतगङ्गामा दुई दिनदेखि टेलिफोन सेवा ठप्प भएकाे छ ।

शनिवार हिजाे बेलुका ८ बजेदेखि अर्घाखाँचीको शीतगङ्गा-४ ठाडामा जडान गरिएको नेपाल टेलिकमको टावरमा समस्या आएपछि टेलिफोन सेवा बन्द भएकाे हाे ।

साविककाे ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सीतापुर, सुवर्णखाल गाविसका नागरिक टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

टेलिफोन टावरमा समस्या आएपछि  नेपाल दुरसञ्चार कार्यालय सन्धिखर्क, बुटवल र काठमाण्डौमा पटक पटक ताकेता गरिएकाे तर समस्या भने समाधान नभएकाे स्थानीयकाे गुनासाे छ ।

टावरमा जडान गरिएका उपकरण जीर्ण भएका र चट्याङका कारण काम गर्न छाडेकाे नेपाल दुरसञ्चार कार्यालय सन्धिखर्कले जनाएकाे छ । काठमाण्डाैबाट नयाँ उपकरण मगाइएकाे टेलिकमले जनाएकाे छ ।

नयाँ उपकरण आएपछि टावरमा जोडिने नेपाल दुरसञ्चार कार्यालय सन्धिखर्कका प्रमुख इञ्जिनियर  गोविन्द पराजुलीले जानकारी दिनुभयाे ।

 

प्रकाशित मिति : आइतबार, चैत्र २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij