भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै बुटवलमा प्रदर्शन

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै बुटवलमा प्रदर्शन

बुटवल
नक्कली भुटानी शरणार्थी वनाइ नेपालीहरुलाई मानव तस्करी गर्ने संगठित गिरोहलाई कार्वाही र राष्ट्रघाती नागरिकता बिधेयक खारेजीको माग गर्दै आज बुटवलमा प्रदर्शन भएको छ ।

मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र बिद्रोही नेकपा (मसाल) को संयुक्त आयोजनामा बुटवलको बिपी चौकबाट सुरु भएको बिरोध जुलुस बुटवलका बिभिन्न ठाउँको परिकर्मा गरी पुन बिपी चौकमै पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरुले भ्रष्टाचारलाई कार्वाही गर, मानव बेचबिखन गर्नेलाइ कार्वाही गर,राष्ट्रघाती नागरिकता विधेयक खारिज गर,संघियता हामिलाइ चाहिदैन जस्ता नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै कम्युनिस्ट क्रान्तिकारी पार्टी नेपालका केन्द्रीय नेताहरु के बि गुरुङ, प्रेम सुबेदी, सदस्य भुपेन्द्र न्यौपाने, क्षेत्र बहादुर क्षेत्री, बिद्रोही नेकपा मसालका पोलिट्ब्युरो सदस्य कृष्णराज पौडेल, नेकपा मसाल रुपन्देही प्रबक्ता बाबुराम आचार्य, अखिल छौठौ केन्द्रीय सदस्य दिपक पौडेल, नागरिक अगुवा पदम कार्की लगायतले नक्कली भुटानी शरणार्थी वनाइएर नेपालीहरुलाई मानव तस्करी गर्ने संगठित गिरोहलाई कार्वाही गर्नुकासाथै सबै किसिमका भ्रष्टाचारका घटनाको स्वतन्त्र र निस्पक्ष छानबिन गरी दोषिमाथी कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने भन्दै दोषिमाथी कारबाही नभए पार्टीले थप शशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij