मैनबत्ती प्रज्वलन गर्दै शान्ति समाज रुपन्देही ले मनायो गणतन्त्र दिवस

मैनबत्ती प्रज्वलन गर्दै शान्ति समाज रुपन्देही ले मनायो गणतन्त्र दिवस

बुटवल -मानव अधिकार तथा शान्ति समाज रुपन्देही ले आज गणतन्त्र दिवस मनाएको छ ।
समाज ले आज बुटवल मा मैन बत्ति प्रजवलन गरि १६ औ गणतन्त्र  दिवस मनाएको हो।
कार्यक्रम लाई सम्बोधन गर्दै मानव अधिकार तथा  शान्ति समाज का केन्द्रिय सचिव मिना ढकाल ले गणतन्त्र को अवसरमा शुभकामना दिदै  गणतन्त्र को स्थायीत्वका लागि सुशासन अनिवार्य भएको धारणा व्यक्त गरिन।
कार्यक्रम मा समाजका सल्लाहकार हरिस ढकाल, कृष्ण चौहान ,जिल्ला उपसभापती  कपिल ज्ञवाली, समाज का सभापति कृष्ण भट्टराई सचीव कृष्ण पाण्डे लगाए ले बोल्दै  गणतन्त्र  जनताको जीवन संग जोडिने पर्ने बताउदै यसको उचित सम्बोधन हुन नसक्दा जनतामा निराशा छाएको बताउदै गणतन्त्र को मुख्य रक्षक जनता नै भएको बताए ।

बुटवल,जेठ १५ ।

गणतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा दीप प्रज्वलन गरेको छ । १६ औँ गणतन्त्र दिवसमा बुटवलको अस्पताललाईनमा दीप प्रज्वलन गरिएको हो ।
समाजका रुपन्देही सभापति खिमप्रसाद भट्टराई (कृष्ण) काे अध्यक्षतामा भएको कार्यक्रममा ,समाजका केन्द्रीय सचिव मिना ढकाल,जिल्लाका पुर्व सभापति हरिष ढकाल,नेपाल स्वयंसेवी रक्तदाता संघका केन्द्रीय महासचिव कृष्ण चाैहान क्षेत्री ,जिल्ला उपसभापति कपिल ज्ञवाली,सचिव कृष्ण पाण्डे लगायतले बाेलेका थिए ।
सो अवसरमा बोल्ने बक्ताहरुले मुलुकमा गणतन्त्र बहाली भएको १६ बर्षपुग्दा पनि नागरिकहरुलाई भने बास्तविक गणतन्त्र आएको अनुभूति हुन नसकेको बताएका थिए । कार्यक्रममा समाजका केन्द्रीय सदस्य डिपि खनाल,फुलु सुनार,मेलान रूपन्देही का अध्यक्ष नारायण पाैडेल,रूपन्देही फार्मेसी संघका अध्यक्ष गणेश सेराई,ट्रेड युनियन कांग्रेसका सहसचिव लक्ष्मण भण्डारी ,रूपन्देही डेरी ब्यसायी समितिका निबर्तमान अध्यक्ष अमृतसिंह भण्डारी ,सचिव जिवा न्याैपाने,पत्रकार खेम पाठक,माधव पाैडेल,दुर्गा आले,रामु अधिकारी तथा शान्ति समाजका पदाधिकारी,सदस्य,शुभेच्छुक तथा सराेकारवालाकाे सहभागीता रहेको थियाे।

प्रकाशित मिति : सोमबार, जेष्ठ १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij