देवदह जेसिज बर्ष २०२३ को महत्त्वपूर्ण तेस्रो कार्यसमिति बैठक सम्पन्न ।

देवदह जेसिज बर्ष २०२३ को महत्त्वपूर्ण तेस्रो कार्यसमिति बैठक सम्पन्न ।

देवदह-तालिम र अभ्यासको माध्यम बाट युबाहरुको नेतृत्व, व्यक्तित्व र उधमशिलता बिकास गराउन सफल बिश्वब्यापी युवा बिश्वबिधालयको रुपमा परिचित जेसीज अभियानको यात्रामा समाहित देवदह जेसीज २०२३ को तेस्रो कार्यसमिति बैठक बाट बुटवल जेसिजको आतिथ्यतामा २०८० पुष महिनामा सम्पन्न हुन गहिरहेको ५० औं राष्ट्रिय महाधिवेशन मा नेपाल जेसीज बर्ष २०२४ का लागी राष्ट्रिय अध्यक्ष को उम्मेदवारीको रुपमा देवदह जेसीजका सन्स्थापक अध्यक्ष तथा नेपाल जेसीजका पुर्ब कार्यकारिणी उपाध्यक्ष सिनेटर बिजय गुरुङ्ग ज्युलाई उम्मेदवारी दिन सर्बसहमती बाट निर्णय गरिएको छ। साथै नेपाल भरी सक्रिय रुपमा रहेका सम्पुर्ण जेसिज शाखाका जेसिज अभियान्ताहरुलाई समेत निस्वार्थ रुपमा मत र मनको सहयोगका लागि हार्दिक अनुरोध समेत गरिएको छ । त्यसैगरी बर्षायामको सुरुवात संगै आईपर्ने बाढी पहिरो तथा प्राकृतिक बिपत्तिमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय सरकार सङ्गको सहकार्यमा बिपद ब्यबस्थापन समिती गठन गरि प्रत्यक्ष रुपमा अग्रपंक्तिमा रहेर मानव सेवामा समर्पित रहने जस्तो महत्वपुर्ण निर्णय समेत सर्बसहमती बाट गरेको छ । कार्यक्रम देवदह जेसिज बर्ष २०२३ का अध्यक्ष जेसि दुर्गा दाहाल ज्युको अध्यक्षता तथा महासचिव जेसि आनन्द पराजुली ज्युको सन्चालन सम्पन्न भएको थियो भने उक्त कार्यसमिति बैठकमा देवदह जेसीज बर्ष २०२३ का पदाधिकारी तथा पुर्ब अध्यक्षहरुको सक्रिय उपस्थिति तथा सहभागिता समेत रहेको थियो।

प्रकाशित मिति : आइतबार, असार १० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij