लायन्स,लियो द्धारा रक्तदान

लायन्स,लियो द्धारा रक्तदान

  1. बुटवल,

लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ डायनामिक लेडिज,लायन्स क्लब बुटवल संसार ,लायन्स क्लब अफ बुटवल साइन ,लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि,लायन्स क्लब अफ बुुुुटवल फोलोरेन्स,लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट र लियो क्लब बुटवल स्टार्सको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । सनिबार बुटवल देविनगर लुम्बिनी वाणिज्य क्यापस बुटवल रक्तसंचार बुटवलको प्रबिधिक सहयोग रक्तदान गरेको छ । नवनिर्वाचीत अध्यक्ष रिन्कु लिगलले पहिलो दिनमा रक्तदान गरेर  सामाजीक कामको सुरुवात गरेका हुन । अब  ९० दिनको अन्तरालमा रक्तदान गर्ने रिन्कु लिगलले बताए ।
रक्तदान कार्यक्रममा ८६ जनाले रक्तादान गरेका संयोजक नविन पन्थीले जानकारी दिए ।  कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक गर्भनर अर्जुनमान सौजुले लायन्स स्टार्सले  नाम जस्तै काम पनि गरेको र विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै सेवा गरेकोमा प्रशंमसा गरे । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि द्धितिय भवाइस गर्भनर बालाराम भट्टराई,डिष्ट्रिक एलसिआईएफ कोडिनेटर तथा पूर्व अध्यक्ष संन्दिप कसौधन ,सिनियर डिष्ट्रिक एडभाइजर तथा पूर्व अध्यक्ष आशिष कृष्ण श्रेष्ठ,डिष्ट्रिक चिफ तथा पूर्व अध्यक्ष एम.एल पाण्डे लगाएतले बोलेका थिए ।
त्यतै कार्यक्रमा लायन्स क्लब अफ डायनामिक लेडिज का अध्यक्ष प्रिया पाठक,लायन्स क्लब बुटवल संसार अध्यक्ष राजु पौडेल ,लायन्स क्लब अफ बुटवल साइन अध्यक्ष गौरी न्यौपाने ,लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि अध्यक्ष सागर शर्मा ,लायन्स क्लब अफ बुुुुटवल फोलोरेन्स अध्यक्ष शान्ती भन्डारी,लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट अध्यक्ष बिष्णु खनाल र  लियो क्लब बुटवल स्टार्स अध्यक्ष अजय महतो लगाएत आफ्नो धारण राखेका थिए ।

प्रकाशित मिति : शनिबार, असार १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij