तिलोत्तमामा विद्यालय क्षेत्र र सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थ बेच्न र सेवन गर्न रोक

तिलोत्तमामा विद्यालय क्षेत्र र सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थ बेच्न र सेवन गर्न रोक

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अबदेखि विद्यालय क्षेत्र तथा सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको विक्री वितरण एवं सेवन गर्न नपाइने भएक छ ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले शिक्षण संस्था, स्वास्थ्य सम्बन्धी संस्था, वाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिक स्थल लगायत सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटर भित्रको घर पसलबाट सूर्तीजन्य पदार्थको विक्रि वितरण गरेको पाइए कानुन बमोजिम कार्वाही हुने बताए ।

‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को व्यवस्था बमोजिम कसैले पनि शिक्षण संस्था, स्वास्थ्य सम्बन्धी संस्था, वाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिक स्थल लगायत नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरि तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटर भित्रको घर पसलबाट सूर्तीजन्य पदार्थको विक्रिवितरण गर्न नपाइने व्यवस्था भएकोले कोही कसैले उल्लिखित सार्वजनिक स्थल वरपर (कम्तिमा १०० मिटर भित्र) सुर्तीजन्य पदार्थको विक्रि वितरण गरेको पाइएमा नियमानुसार कारवाहीको लागि सम्बन्धीत निकायमा पठाइने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ ।’– नगर प्रमुख खाँणले जारी गरेको सूचनामा भनिएको छ ।

यस अघि तिलोत्तमा नगरपालिकाले नगरभित्र गुट्दाजन्य पदार्थ विक्रि वितरण गर्न रोक लगाउँदै अटेर गरे ५० हजारसम्म जरिवाना हुने जनाएको थियो ।

प्रकाशित मिति : बुधबार, साउन १० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij