स्व.लिला सेन्चुरीको पांचौ दिन को पुण्यतिथिमा सुनचाँदी व्यवसायीसंघको शोक सभा

स्व.लिला सेन्चुरीको पांचौ दिन को पुण्यतिथिमा सुनचाँदी व्यवसायीसंघको शोक सभा

बुटवल-रुपन्देही सुनचाँदी व्यवसायी संघ ले संघका अध्यक्ष रामकिसान बिश्वकर्माका  श्रीमती स्व. लिला सेन्चुरी को आज पांचौ दिन को पुण्यतिथी मा शोक सभा सम्पन्न गरेको छ । संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा व्यवसायी घरमा पुगेर स्वर्गीय लिला सेन्चुरी को दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै जन्म पछि मृत्यु प्राकृतिक नियम भएकोले यसलाइ सबैले स्विकार्नुको विकल्प नरहेको भन्दै स्वर्गीय लिला सेन्चुरी को चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली सहित शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गदै धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी कामना गरिएको थियो ।

शोक सभामा नेपाल सुनचाँदी व्यवसायी महासंघ बिज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेन्चुरी,नेपाल सुनचाँदी व्यवसायी महासंघका केद्रिय उपाध्यक्ष जोगलाल विश्वकर्मा,महासंघका केद्रिय सदस्य एम. बि. विश्वकर्मा, प्रदेश उपाध्यक्ष बिक्रम सुनार, प्रदेश सहसचिव हरि बहादुर सुनार,संघका   प्रथम उपाध्यक्ष किसोर सेन्चुरी,द्धितिय उपाध्यक्ष गोपाल रामदाम, महासचिब सिताराम रसाइली ,सचीव रेवन्त बिस्वकर्मा,कोषाध्यक्ष मनोज सेन्चुरी, सल्लाहकार पुरन सेन्चुरी ,सदस्य सुरज बराल, राजन रसाइली, राजु बिक,तिलक बिक ,तिलोत्तमा सुनचाँदी व्यवसायी संघ अध्यक्ष कृष्णलाल रसाइली, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ अध्यक्ष दिपक कौसल, बिना सुनार , सुजता गहतराज लगाएतको उपस्थिती रहेको थियो । सिद्धार्थनगर–७ निवासी विश्वकर्माकी पत्नी लिला सेन्चुरीको सोमबार बेलुकी ५ बजे काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लिला र राम किसनका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : शुक्रबार, साउन २६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij