काठमाडौँ
कृषि तथा पशुपंक्षी मन्त्री डा.वेदूराम भुसालले ५ महिना अवधीमा १४ लाख ४६ हजार ४ सय ५९ पशुमा लम्पी स्कीन रोग लागेको जानकारी गराएका छन् ।
बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिदै मन्त्री भुसालले त्यसरी लम्पी स्कीनले बिरामी भएका पशुहरु मध्ये १२ लाख ८८ हजार ७ सय ५९ निको भएको र ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको जानकारी गराएका हुन् ।
उनलेे अहिले बिरामी अवस्थामा १ लाख ५ हजार २ सय ५३ पशु रहेको र यो रोग रोगथामका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताए ।
रोग नियन्त्रणका लागि सरकारले भ्याक्सिन नेपालमा नबन्ने बताउँदै मन्त्री भुसालले भने– ‘अहिले हामीले जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेका छौँ । अहिले भ्याक्सिन लगाउने काम भइरहेृको छ । अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन हामीले ल्याएका छौँ । ७ लाख ६ हजार पशुमा भ्याक्सिन लगाइएको छ । उपचारको पहल थालेपछि निको हुने संख्या बढेको छ ।’
उनले झिंगा किर्नाको टोकाइबाट सर्ने भएकोले असोजसम्म ध्यान दिनका लागि ३ तहका सरकार लागिपरेको बताएका छन् । उनले केरामा नयाँ प्रकारको रोग देखापरेको रिर्पोट सरकारलाई प्राप्त भएको र त्यसलाई नियन्त्रण गर्न विज्ञसँग छलफल गरिरहेको उनले बताए ।
प्रकाशित मिति : बिहिबार, भाद्र ७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्