प्रतिनिधिसभाका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित

प्रतिनिधिसभाका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाण्डाै – प्रतिनिधिसभाकाे १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

समितिको सभापतिका लागि हिजाे आइतवार उम्मेदवारी प्रस्ताव दर्ता भएकाे थियाे । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो ।

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भएका छन् । साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी दर्ता भएकाेमा पराजुलीले फिर्ता गरिसकेपछि खान निर्वाचित हुनुभएको हो । सभापति घोषणासँगै आजै शपथ ग्रहणको तयारी भइरहेको संसद् सचिवालय जनाएकाे छ ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित हुनुभएको छ । त्यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) की विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह निर्वाचित हुनुभएकाे छ । यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभाको चुनाव भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन् ।

प्रकाशित मिति : सोमबार, भाद्र ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij