छिमेकी राष्ट्र चीनसँग विद्युतीय गाडी उत्पादन गर्ने उद्योग स्थापनाका लागि सहयोग माग्न जरुरी : प्रदेश प्रमुख शेरचन

छिमेकी राष्ट्र चीनसँग विद्युतीय गाडी उत्पादन गर्ने उद्योग स्थापनाका लागि सहयोग माग्न जरुरी : प्रदेश प्रमुख शेरचन

बुटवल,
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले छिमेकी मुलुक चीनले गरेको समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्नेमा जाेड दिएका छन् ।

जनवादी गणतन्त्र चीनको ७४ औं राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा शनिबार बुटवलमा आयाेजित धुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै प्रदेश प्रमुख शेरचनले कुनै समय समान किसिमको अवस्थामा रहेको छिमेकी राष्ट्र चीन विश्वकै सम्पन्न हुँदा नेपालकाे विकासका लागि अरू देशसँग हात फैलाउन पर्नु दुखद भएको बताए ।

छीमेकी मुलुक चीनले प्रविधिकाे विकास र आर्थिक समृद्धिमा गरेको प्रगतिबाट नेपालका नेताहरूले पाठ सिक्न जरुरी रहेको भन्दै उनलेे नेपालले चीनसँग विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्योग स्थापना गरिदिन माग गर्नुपर्ने आवश्यकता औल्याए ।

पेट्रोलियम पदार्थको आयातमा नेपालको ठूलो धनराशि बाहिरिएको भन्दै प्रदेश प्रमुख शेरचनले पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारीसाधन उत्पादन र प्रयोगमा ध्यान दिनुपर्ने बताए ।

राजनीतिक स्थायित्व र एकता चीनको विकासको मुख्य आधार भएको बताउदै उनलेे नेपालमा पनि त्यसको आवश्यकता रहेको उल्लेख गरे ।

कार्यक्रममा संविधानसभा सदस्य नेत्र पन्थी, लुम्बिनी विश्व विद्यालयका रजिस्ट्रार तिलकराम आचार्य, नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु,रूपन्देही उद्योग संघका पुर्व अध्यक्षहरू एजाज आलम,टंक प्रसाद पाेखरेल,रूपन्देही उद्योग संघका अध्यक्ष माधव पाैडेललगायतले मित्रराष्ट्र चीनको ७४ औं स्वतन्त्रता दिवसको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रम लुम्बिनी स्थित चीनिया मन्दिरका भिक्षुहरूकाे समेत सहभागीता रहेको थियो ।

प्रकाशित मिति : शनिबार, असोज १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij