इजरायलमा रहेका विद्यार्थी लिन नेपाल एयरलाइन्सको जहाज आज राति जाँदै

इजरायलमा रहेका विद्यार्थी लिन नेपाल एयरलाइन्सको जहाज आज राति जाँदै

काठमाण्डाै – इजरायलमा रहेका नेपालीकाे उद्धारका लागि नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) काे जहाज आज राति ११ बजे त्यसतर्फ जाने भएकाे छ ।

नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबई ‘ट्रान्जिट’ हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो ।

यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने ठाउँमा प्यालेस्टिनी विद्राेही समूह हमासको आक्रमणमा परि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएकामध्ये १० जना नेपाली विद्यार्थी मारिएका थिए ।

यसैगरी आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी भइरहेकाे छ । इजरायलमा रहेकाे नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।

दूतावासले आज बुधवार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।

प्रकाशित मिति : बुधबार, असोज २४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij