बुटवल
नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले नेपालको पत्रकारिता अझै शशक्त बनाउनुपर्ने बताउनुभएको छ । सरकार र मिडिया सधै प्रतिपक्षी भूमिकामा रहनुपर्ने भन्दै सरकारका गलत कामहरुको पनि समाचार बन्नुपर्ने बताउनुभयो ।
जनसुकै सरकारले पनि आफ्ना कमी कमजोरी ढाक्न चाहने उल्लेख गर्दै नेता शाहले मिडियाले त्यसलाइ खबरदारी गर्नुपर्ने बताउनुभयो । नेपाल पे्रस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको बिजया दशमी,दीपावली,छठ तथा नेपाल सम्वतको अबसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्र बलियो बनाउन पत्रकार जगत चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले बताउंदै आजभोली समाचारमा स्वतन्त्रता नदेखिएको समेत दाबी गर्नुभयो । नेता शाहले सरकारको स्थिरता नभएको दाबी गर्नुभयो । हरेक क्षेत्रमा पत्रकारहरुले आफ्ना कलम सही ढंगले चलाउनु पर्नेमा जोड दिनुभयो ।
पत्रकारिताको दीगो विकास आवश्यक रहेको भन्दै उहाँले श्रमजीविहरु पत्रकारहरु मारमा परेको समेत बताउनुभयो । सार्वजनिक लेखा समितिका पूर्व सभापति समेत रहनुभएका नेता शाहले नेपालको अर्थतन्त्र कमजोर भएपनि तत्काल देश टाट नपल्टिने उल्लेख गर्नुभयो ।
प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षता,सचिव कपिल ज्ञवालीको सञ्चालन र उपाध्यक्ष कल्पना तिवारीको स्वागतमा कार्यक्रम भएको थियो । सो अबसरमा जनप्रतिनिधि,राजनैतिक दलका नेता,सरोकारवाला संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरुको बाक्लो सहभागिता रहेको थियो ।
प्रकाशित मिति : बुधबार, कार्तिक १ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्