बुटवल
रुपन्देही उद्योग संघले आफ्नो ४६ औं स्थापना दिवश एवम् उद्योग दिवश–२०८० विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । संघले स्थापना दिवश ३ दिवशीय कार्यक्रम गरी मनाउन लागेको हो ।
स्थापना दिवशको अवसरमा पहिलो दिन बुधवार सामाजिक सेवा कार्यक्रम अन्तरगत तिलोत्तमा नगरपालिकाको पहुनीमा रहेको मानव सेवा आश्रममा रहेका बृद्धबृद्धहरुलाई खाना खुवाउनुकासाथै निः शुल्क स्वाश्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको सुरुवात गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका निर्वतमान अध्यक्ष माधव प्रसाद पौडेलले उद्योग र उद्योगीको हकहितका लागि स्थापना गरिएको उद्योग संघले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउदै समाजको विकासको लागि सबैको समान दाथित्व भएको बताए । संघले समाजका सबै वर्ग र समुदायसंग हातेमालो गरि समाजको उन्नतीमा अगाडी बढ्ने उनले प्रतिवद्धता जनाए ।
संघका अध्यक्ष दिलिप सापकोटाले संघको सामाजिक उत्तरदायित्वलाई मनन गर्दै मानव सेवा आश्रममा पुगेको बताउदै यस्ता कार्यक्रमले सबै उद्योगीको शिर उचो बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । रुपन्देही उद्योग संघको विगतको इतिहासलाई बचाउदै समाजमा स्थापित भएर अगाडी बढन आफ्नो नेतृत्व सधै कटिवद्ध रहेको अध्यक्ष सापकोटाले बताए । कार्यक्रम संघका महासचिव हिरामणी भट्टराईको सञ्चालनमा तथा संयोजक अशोक कुवरको धन्यवाद ज्ञापन गरेका थिए ।
संघले मानव सेवा आश्रम, पहुनीमा आश्रित ९५ जना बृद्धबृद्धाहरुलाई खाना र निशुल्क स्वाश्थ्य परिक्षणको प्रवन्ध गरेको थियो । त्यस अवसरमा संघका पूर्वअध्यक्ष वोनिन पिया, बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली, द्वितिय उपाध्यक्ष हरिबहादुर खत्री, सचिव सुमन बस्याल, महिला सचिव मञ्जु भुसाल, सहकोषाध्यक्ष विशाल बेल्वासेसहित कार्यसमितिका सदस्य लगायतको सहभागीता रहेको संघले जनाएको छ ।
स्थापना दिवशका अवसरमा संघले विहिवार व्यवसायीक संघसंस्थावीच अन्तर व्याडमिण्टन प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगितामा एक दर्जन संघसंस्थाका खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक बलबहादुर गोदारले जानकारी गराए । त्यसैगरि शुक्रवार मुल कार्यक्रम गरिने छ । त्यस कार्यक्रममा उद्योगीहरुलाई सम्मान अन्तरगत उत्कृष्ठ रोजगारदाता उदोग, उत्कृष्ठ महिला उद्यमी, उत्कृष्ठ युवा उद्यमी, उत्कृष्ठ कृषि उद्यमी, उत्कृष्ठ पर्यटन उद्यमी तथा जिल्लाभरका उद्योगीहरुबाट उत्कृष्ठ उद्योगी छनौट गरी सम्मान गरिने महासचिव हिरामणी भट्टराईले बताए ।
स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिने कार्यक्रम संयोजक माधव नेपालले जानकारी गराएका छन् ।
प्रकाशित मिति : बुधबार, मंसिर १३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्