नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक अख्तियारकाे नियन्त्रणमा

नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक अख्तियारकाे नियन्त्रणमा

काठमाडौ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई नियन्त्रणमा लिएको छ ।

२०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो । त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो ।

मुद्दा दायर भएपछि दुवै निलम्बनमा छन् । तर मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको कार्यकयको स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरु थप छानबिनमा तानिएका थिए । त्यही क्रममा बुधबार अख्तियारको टोलीले दुवैलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

उनिहरूलाई अख्तियारको हिरासत राखिएको छ । शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियार टदोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : बुधबार, माघ १० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij