प्रधानमन्त्री प्रचण्डलाई तेस्राे पटक विश्वासकाे मत प्राप्त

प्रधानमन्त्री प्रचण्डलाई तेस्राे पटक विश्वासकाे मत प्राप्त

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ । मत विभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो ।

बैठकमा दुई सय ६८ सांसद उपस्थित थिए भने सात जना सांसद अनुपस्थित थिए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि एक सय ३८ मत आवश्यक पर्छ । सभामुख देवराज घिमिरेले मत विभाजनको परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राखेकाे प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

प्रधानमन्त्रीलाई सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका थिए ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज विश्वासको मत लिनुभएको हो । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्ड २०७९ साल पुस १० गते प्रधानमन्त्रीमा चयन हुनुभएको थियो । उहाँले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिनुभएको थियो ।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले पहिलो पटक प्रतिनिधि सभामा रहेका धेरैजसाे दल र सांसदको विश्वासको मत प्राप्त गर्नुभएको थियो ।

संसदमा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए । उहाँलाई त्याे समयमा नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त भएको थियो ।

राष्ट्रपति चुनावका क्रममा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक २०७९ चैत ६ गते पुनः प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको थियो । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिनुभएको थियो । त्याे समयमा उहाँले एक सय ७२ मत प्राप्त गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले १५ महिनामा तेस्राे पटक विश्वासकाे मत प्राप्त iगर्नुभएकाे हाे

प्रकाशित मिति : बुधबार, फाल्गुन ३० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij