पाल्पा,२४ चैत ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुककाृ शासकीय स्वरुप र निर्वाचन प्रणालीका कारण सरकारमा अस्थिरता आएको बताएकी छन् ।
नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार राखेको पत्रकार भेटमा बोल्दै मन्त्री शर्माले उक्त कुरा बताएकी हुन् ।
संवैधानिक र कानुनी बाध्यता नहुन्जेलसम्म पटक पटक सरकार परिवर्तन भइरहने समस्या आउने मन्त्री शर्माकाे भनाइ छ ।
संवैधानिक र कानुनी बाध्यता बनाउन सकियो भने मात्र स्थायी सरकार बन्ने बताउँदै जो सरकारमा भए पनि सरकारमा बसुन्जेलसम्म राम्रो काम गर्ने कोशिष गर्नुपर्ने बताइन् ।
उनले स्थानीय तहमा जस्तै कानुन ल्याउन सकियो भने मात्र समस्याको समाधान हुने बताउँदै अहिलेको शासकीय स्वरुप, निर्वाचन प्रणाली र संविधान र कानुनले दिएको व्यवस्थामा सरकार कतिन्जेल चल्छ भन्ने थाहा नहुने बताइन् ।
राजनीतिक दलबीच सहमति बनाएर सबै क्षेत्रबाट सहयोग भयो भने संविधान संशोधन गरेर स्थिर सरकार बनाउने वातावरण बन्ने मन्त्री शर्माले बताइन् । मन्त्री शर्माले सरकार भर्खरै परिवर्तन भइहाल्छ कि भन्ने पनि नहुने र तत्काल हुन्न भन्ने अवस्था पनि नरहेको बताइन् ।
संविधानका मौलिक हक हेर्ने हो भने अहिलेको गुनासो गर्ने अवस्था भन्दा माथि उठ्न सकिने मन्त्री शर्माले बताइन् । ‘जुन जस्तो अभिष्ठ, उत्साहसहित व्यवस्था परिवर्तनमा लाग्यो, त्यो उत्साह अहिले देखिँदैन,’ उनले भनिन्, ‘लिखित रुपमा ऐन, कानुन भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुँदा जनतामा निराशा छाएको हो ।
संविधान, कानुनमा जे लेखिएका छन् त्यो पालना हुन नसकेकाले नै अहिलेको परिस्थिति आएको उनले बताइन् । यही संविधान, कानुनअनुसार नेतृत्व सरकारले गर्नुपर्ने उनले बताइन् । सबै राजनीतिक दल, नागरिक समाज मिलेर कार्यान्व्यनमा लाग्नुपर्नेमा उनले जोड दिइन् । ‘कतिपय संघीयतासँग सम्बन्धित कानुन बनाएर अघि बढ्नुपर्ने अवस्था पनि छ,’ उनले भनिन् ।
प्रकाशित मिति : शनिबार, चैत्र २४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्