भाेलिदेखि एमाले रुपन्देहीको दशौं अधिवेशन, नेतृत्वको लागि चार जना आकांक्षी

भाेलिदेखि एमाले रुपन्देहीको दशौं अधिवेशन, नेतृत्वको लागि चार जना आकांक्षी

बुटवल ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । एमाले जिल्ला प्रचार विभाग रुपन्देहीले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारदेखि भैरहवामा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

अधिवेशनको उदघाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । अधिवेशन उदघाटन सत्रमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्वार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टाराईलगायत विभिन्न तहका नेताहरुको उपस्थिति रहने प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए ।

जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । अधिवेशन व्यवस्थित गर्नको लागि जिल्ला अध्यक्ष के.सी.को संयोजकत्वमा १६७ जनाको मूल व्यवस्थापन कमिटी चयन भएको छ ।

बन्दसत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिने छ । रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य संगठित रहेको र उत्तिकै संख्यामा शुभेच्छुक रहेको अध्यक्ष केसीले बताए । भैरहवाको सिद्धार्थ भिलासामा आयोजना हुने अधिवेशनमा प्रतिनिधिसहित उद्घाटनसत्रमा ३ हजार ५ सय बढीको उपस्थिति रहने बताइएको छ । जिल्ला प्रचार सचिव नरेश केसीका अनुसार अधिवेशनलाई व्यवस्थित बनाउन विभित्र उपसमिति बनाएर जिम्मेवारी दिइएकाे छ ।

अधिवेशनबाट नयाँ नेतृत्वको लागि अहिलेका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिव चित्रबहादुर केसी र हितराज पन्थी दावेदारकाे रूपमा रहेका छन् । एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलसहितका शीर्ष नेताहरू सहमतिका लागि मंगलबारदेखि नै जुटेका छन् ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij