काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आर्थिक वृद्धिदर छ प्रतिशत हुने कुनै आधार नरहेको बताउनुभएको छ ।
आज बजेटमाथिकाे छलफलमा महामन्त्री थापाले सत्तारूढ प्रमुख दल नेकपा एमालेले नै बजेटको विरोध गरेको अवस्थामा बजेटको अपनत्व कसले लिने हो भनेर पनि जिज्ञासा राख्नुभएको छ । बीचैमा यो सरकार ढलेर बजेटको जिम्मा कांग्रेसले लिनुपर्ने सम्भावना पनि कायमै रहेकाले धेरै आफूले धेरै आलोचना नगर्ने गगन थापाको भनाइ छ ।
उहाँले भन्नुभयाे, ‘यो बजेटबारे के बोल्ने, कसरी बाेल्ने भनेर म अलमलिएको छु । यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन भनेर बोल्नुपर्ने हो । तर त्यसरी बोलौँ, यति धेरै उथलपुथल भएको यो संसदमा ६/८ महिनापछि यो बजेट आफैँले काँध हाल्नुपर्ने पो हो कि । आफ्नै बोली फेरि गलपासो हुने हो कि ।’
तर नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने कृषिमा लगानी दशक, पाँच लाख सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण, प्रधानमन्त्री आत्मनिर्भर छोरी कार्यक्रम लगायत थुप्रै सकारात्मक कार्यक्रम बजेटमा आएको बताउनुभयो ।
कांग्रेस महामन्त्री गगन थापालाई जवाफ दिँदै बर्तौलाले एमालेले बजेटमा केही आलोचना गरेकै भरमा कांग्रेसले सत्ता ढलोस् भनेर भगवानसँग प्रार्थना गर्नु बेकार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘माननीयज्यूहरूले पशुपतिमा धूप, अक्षता गरेर यो सरकार आजै ढलोस्, भोलि ढलोस् भन्ने चाहिरहनुभएको छ । यो सत्ता समीकरण त्यति कमजोर डोरीबाट बनेको छैन । त्यहाँसम्म पुग्ने परिस्थिति छैन ।’
प्रकाशित मिति : बुधबार, जेष्ठ २३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्