समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने , हटाए देश अर्को द्वन्द्वमा फस्ने : पृथ्वीसुब्बा गुरुङ

समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने , हटाए देश अर्को द्वन्द्वमा फस्ने : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने र हटाए देश अर्को द्वन्द्वमा फस्ने चेतावनी दिएका छन्।

मुलुकमा विद्यमान निर्वाचन प्रणालीमाथि प्रश्न उठिरहेका बेला उनले सो अभिव्यक्ति दिएका हुन्। मन्त्री गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाए मुलुक अर्को द्वन्दमा फस्ने चेतावनीसमेत दिए।

बुधवार रेडियो नेपालमा दनुवार भाषाको समाचार तथा कार्यक्रमको शुभारम्भ गर्दै उनले मुलुकलाई अर्को द्वन्दमा फस्न नदिन पनि मिश्रित निर्वाचन प्रणाली अंगीकार गर्नुपरेको स्पष्ट पारे।

मन्त्री गुरुङले संघीय शासन प्रणालीलाई दोष दिनेभन्दा पनि राजनीतिक पार्टीहरुले आफ्नो व्यवहार, आचरण र कार्यशैलीमा रहेको दोष औंल्याएर सुधार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए।

‘हामीले किन यो मिश्रित निर्वाचन प्रणाली अपनायौँ? प्रश्नहरु उठिराखेका छन्। समानुपातिक हटाउनु पर्‍यो भन्छन् तर समानुपातिक हटायो भने हामी अर्को द्वन्दमा जान तयार हुनुपर्छ‚ यो सबैले बुझ्नुपर्छ‚’ उनले भने, ‘शासन प्रणाली त संसदीय शासन प्रणाली भए पनि, जे भए पनि। प्रणाली जुनसुकै भए पनि त्यो प्रणाली ठिक ढंगले चलाउन पार्टीहरुले, नेताहरुले जान्नुपर्‍यो। प्रणालीलाई दोष दिने होइन, हामीले हाम्रो व्यवहारमा, आचरणमा र शैलीमा दोष खोज्नुपर्दछ अनि सुध्रिएर जानु पर्छ।’

उनले मुलुकको राष्ट्रिय एकता र जनताको सेवाको कामलाई प्रभावकारी बनाउनका लागि संघीयता ल्याउनुपरेको पनि स्मरण गराए।

जनप्रतिनिधिहरुको निगरानी जनता आफैँले गर्नसक्ने भएकाले पनि संघीयता मुलुकका लागि उपयुक्त प्रणाली रहेको मन्त्री गुरुङको तर्क थियो।

मन्त्री गुरुङले देशमा कुनै पनि प्रकारको विभेद अन्त्य गर्न, आपसी झगडा हुन नदिन संघीयता ल्याउनुपरेको पनि दावी गरे।

प्रकाशित मिति : बुधबार, असोज ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij