चितवन,
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन एकताबद्ध भएपछि मात्र समाजवादको आधार तयार पार्न सकिने बताएका छन्।
शनिबार चितवनमा युद्धमा बेपत्ता दण्डपानी न्यौपानेको स्मृति भवन निर्माण सहयोगार्थ आयोजित वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले अब माओवादीबाट छुट्टिएकाहरू एकीकृत हुने दाबी गरे।
‘हामी एउटै स्कूल र मूल प्रवाहीकरणबाट आएका भंगालाहरू हौं। इतिहास र विज्ञानले पनि एउटै स्कूल र मूल र प्रवाहबाट जन्मिएका विभिन्न धारा र भंगालाहरू एउटा अर्को ठाउँमा पुगेपछि एकताबद्ध हुनुपर्छ र हुन्छन् भनेको छ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने।
उनले माओवादीहरू एक ठाउँमा उभिएपछि मात्रै समाजवादको आधार तयार पार्न सकिने बताए। विगतमा केही कमीकमजोरीका कारण माओवादी आन्दोलन केही कमजोर भएको भन्दै उनले अब सबै एकजुट भएर माओवादी आन्दोलन माथि उठाउनुपर्ने बताए।
गणतन्त्र पूँजिपतिको हुने कि जनताको भन्ने लडाइँ फेरि हुने भन्दै प्रचण्डले त्यसका लागि सबैले मिलेर गणतन्त्रलाई जनताको पक्षमा स्थापित गर्न र समाजवाद स्थापनाका लागि लाग्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति : शनिबार, कार्तिक ३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्