कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण

कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण

कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण

कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् । हिजो सार्वजनिक भएको नतिजाअनुसार ५७ हजार ६ सय ९० जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएकामा १७ हजार नौ सय ४२ जना अनुत्तीर्ण भएका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

यस्तै लेखा विषयमा २४ हजार जनाले परीक्षा दिएकामा आठ हजार तीन सय १५ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । मौका परीक्षामा सहभागी भएर पनि ३७ हजार १७ जनाले नतिजा सुधार गर्न नसकेका बोर्डले जनाएको छ ।

एक लाख २२ हजार एक सय ७१ जनाले परीक्षा दिएकामा ८६ हजार दुई सय ४६ जना अर्थात् ७० दशमलव ६० प्रतिशत उत्तीर्ण भएका छन् । यसमध्ये अनिवार्य गणितमा ४५, फिजिक्समा दुई, लेखामा १०, ऐच्छिक गणितमा एक, कम्प्युटर साइन्समा दुई र केमेस्ट्रीमा एक जना गरी जम्मा ६१ जनाले मात्रै ‘ए प्लस’ ल्याएका छन् । बोर्डका अनुसार ‘ए प्लस’ ल्याउने ६१, ‘ए’ ल्याउने सात सय ५१, ‘बी प्लस’ ल्याउने दुई हजार नौ सय ८६, ‘बी’ ल्याउने ११ हजार ४९, ‘सी प्लस’ ल्याउने २३ हजार ६ सय ८८, ‘सी ग्रेड’ ल्याउने ४३ हजार सात सय चार र ‘डी’ ल्याउने ३९ हजार नौ सय ३२ जना छन् ।

मौका परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले यसै शैक्षिक सत्रमा भर्ना भएर स्नातक तहमा अध्ययन गर्न पाउने छन् । मौका परीक्षामा पनि अनुत्तीर्ण भएकाहरूले भने आउँदो नियमित परीक्षामा सहभागी हुनुपर्नेछ । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहेमा १५ दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij