बुटवल
ठगी अभियोगमा काठमाडौमा पक्राउ पुर्जी जारी भएका निलकण्ठ डुम्रेलाई बुटवल प्रहरीले पक्राउ गरेर काठमाडौं पठाएको छ । सैनामैना स्थायी बसोबास गर्दै आएका डुम्रेलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ठगी आरोपमा काठमाडौं जिल्ला अदालतको अनुमतिले पक्राउ पुर्जी जारी भएका डुम्रेलाई काठमाडोंबाट पक्राउ गरेर पठाउन पत्र आएको आधारमा बसपार्क क्षेत्रमा फेला पारी पक्राउ गरि पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डीतले जानकारी दिएका छन् । उनले कुन बिषयको ठगी भन्ने भने खुलाएनन् । ठगी कसुरमा फत्राउको पत्र आए अनुसार डुम्रेलाई बसपार्कमा फेला पारेपछि पक्राउ गरिएको हो, घटनाको विवरण भने काठमाडौंलाई नै थाहा होला । उनले भने ।
पक्राउ परेका डुम्रेलाई आजै काठमाडौं पठाइने उनले जानकारी दिए । प्रहरी स्रोतका अनुसार बैदेशीक रोजगारीमा पठाइदिन्छु भन्दै बिभिन्न ब्यक्तिहरुबाट पैसा उठाएर ठगी गरेको उजुरीका आधारमा डुम्रे विरुद्ध ठगी अभियोगमा मुद्दा परेको थियो ।
प्रकाशित मिति : बुधबार, कार्तिक २१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्