देवस्थान ९ दुर्गा मन्दिर संरक्षण समितिको प्रथम साधारणसभा सम्पन्न

देवस्थान ९ दुर्गा मन्दिर संरक्षण समितिको प्रथम साधारणसभा सम्पन्न

तिलोत्तमा-देवस्थान (दुर्गा मन्दिर )संरक्षण समितिको प्रथम साधारणसभा सम्पन्न भएको छ । तिलोत्तमा १ मा रहेको सबैभन्दा पुरानो मन्दिरको शनिबार एक कार्यक्रमका बिच प्रथम साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरीले मन्दिरको विकासको लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
तिलोत्तमा नगरपालिकाभित्रको सबैभन्दा पुरानो मन्दिर भएको बताउँदै यसको विकासका लागि सबै एकआपसमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष गिरीले सार्वजनिक जग्गालाई कोही कसैले पनि व्यक्तिगत भन्न नमिल्ने भन्दै एकअर्कालाई आरोप नलगाउन आग्रह गरे ।

तदर्थ समिति अध्यक्ष भुवन थापाले विगतमा भएका गतिविधि र योजना समेटेर अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै २०७४ सालदेखि मन्दिरको जग्गा उपभोग गरेबापत मन्दिरलाई दिने कुत रकम जति सक्दो छिटो उपलब्ध गराउन आग्रह गरे । अन्यथा कुत रकम उपलब्ध नभएमा कानूनी उपाय उपनाउने बताए ।
कार्यक्रममा मन्दिरका वरिष्ठ आजिवन सदस्य बलराम खरेलले मन्दिरको जग्गा २०२६ सालमा भएको नापीबाट श्रेष्ता कायम रहेको बताए । मन्दिरका पूर्व अध्यक्ष कृष्णबहादुर क्षेत्रीले देवस्थान दुर्गा मन्दिर शंकरनगर गाविसभन्दा पनि पुरानो मन्दिर रहेको भन्दै यसको इतिहास र महत्त्वको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा आजीवन सदस्य यमलाल बन्जाडे , संगीता अर्याल , कृष्ण क्षेत्रीलगायतले बोलेका थिए ।

मन्दिर समितिमा हालसम्म १०५ जना सदस्यहरु रहेको बताउँदै कोषाध्यक्ष मिना भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उपाध्यक्ष कृष्ण कडेलको स्वागत रहेको कार्यक्रममा समितिका सचिव भरत केसीले कार्यक्रम सञ्चालन गरेका थिए ।

सोही अवसरमै तदर्थ समितिको समयावधि समाप्त भई भुवन थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा कृष्ण प्रसाद कडेल , सचिवमा भरत कुमार केसी चयन भएका छन् । कोषाध्यक्षमा मिना भण्डारी चयन भएकी छन् भने सदस्यहरुमा नवराज न्यौपाने , कृष्णप्रसाद पन्थ , मञ्जु थापा क्षेत्री , झकप्रसाद श्रेष्ठ , चन्द्रकला पन्थी , लक्ष्मण गुरुङ , टुका पोखरेल र कृष्णप्रसाद आचार्य चयन भएका छन् । साथै दुर्गाप्रसाद न्यौपानेको संयोजकत्वमा लेखा समिति चयन भएको छ । साथै सदस्यहरुमा दिवाकर पन्थी र मिठ्ठु क्षेत्री चयन भएको निर्वाचन समिति संयोजक डिलाराम भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij