सुनवल, पश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक अझै सुचारु हुन सकेको छैन । मङ्गलबार रातिदेखि अवरुद्ध सडक हिजो केही समय एकतर्फी रुपमा सुचारु भएपनि गएराति देखि फेरि अवरुद्ध भएको हो । शीतलहरका कारण सडक चिप्लो भएपछि गए रातिदेखि फेरि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन छ । रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन्। कतिपय यात्रुहरु भने रातभर हिँडेर दाउन्ने खण्ड पार गरेका छन् । काठमाडौं बाट नवलपरासी फर्किएका यात्रु ३ घण्टा लगाएर पैदल हिडेर हिलाम्मे सडक पार गरेको बताएका छन ।
ठाउँ ठाउँमा चिप्लोका कारण सवारी साधन एकआपसमा ठोकिएका छन्। जसले गर्दा पूर्णरूपमा सवारी आवागमन सुचारु गराउन समय लाग्ने प्रहरीले जनाएको छ। प्रहरीले बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।
नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले दाउने खण्डमा सडक विस्तारको काम पनि भइरहेकाले हिलो हुँदा त्यसले थप समस्या बनाएको छ। पटकपटक दाउने खण्डमा हुने अवरोधले यात्रुले सास्ती भोग्दै आएका छन्।
प्रकाशित मिति : बिहिबार, पुष २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्