बिभिन्न मुद्धामा कैद तथा सजायको फैसला गरेका फरार अभियुक्तहरू रुपन्देहीमा पक्राउ

बिभिन्न मुद्धामा कैद तथा सजायको फैसला गरेका फरार अभियुक्तहरू रुपन्देहीमा पक्राउ

बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीले बिभिन्न मितिमा बिभिन्न मुद्धामा कैद तथा सजायको फैसला गरेका र हाल सम्म फरार भएका अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जिल्ला प्रहरी मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको छ ।

इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको टोलीले मिति २०६२ साल जेठ १७ गतेको फैसला बमोजिम गाली बेइजति मुद्धामा हाल सम्म फरार रहेका मायादेवी गाउँपालिका वडा नं. ६ बस्ने गौरी कलवार र पुर्णवासी कलवारलाई पक्राउ गरेको हो ।

यस्तै इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले मिति २०७१साल चैत १८ गतेको फैसला बमोजिम सार्वजनिक अपराध मुद्धामा हाल सम्म फराररहेका सैनामैना नगरपालिका वडा नं. ६ बस्ने मधु ज्ञवालीलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : आइतबार, पुष २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij