तिलोत्तमा,
तिलोत्तमामा रुखबाट लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा(११ चौकीडाँडा निवासी ५५ बर्षिय रन बहादुर आले रहेका छन् । बिहिबार दिउँसो तिलोत्तमा ८ करहिया सामुदायिक बनक्षेत्र अन्तर्गत ज्योतिनगर हुदै दीपनगर जाने सडक छेउमा रहेको रुखमा घाँस काटन चढेका आले रुखको हाँगासँगै एक्कासी भुईँमा लड्न पुग्दा गँभीर घाइते भएका थिए । उपचारका लागी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजादै गर्दा आलेको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार आलेले काटदै गरेको रुखको हागाँ हाइटेन्सन लाइनमा छोइन पुग्दा करेन्टको झटकाले उनी लडन पुगेको बताएका छन् । तुरुन्तै अस्पताल लगिए पनि बाटो मै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ ४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्