पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न निर्वाचन आयोगको प्रस्ताव

पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डौ – निर्वाचन आयोगले पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने पालिका चुनावमा प्रमुख/उपप्रमुख, वडाअध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रश्ताव ऐनमा राखिएको जानकारी दिनुभयो ।

आज काभ्रेको धुलिखेलमा भएको कार्यक्रममा उहाँले समावेशितालाई बाहिर राखेर कुनैपनि कानून बनाउन नसकिने बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेको कानूनले निर्वाचनको अधिकार नै प्रत्यायोजन गर्न नसक्ने अफ्ठ्यारो स्थिति रहेको बताउनुभयो । उहाँले छिमेकी देश भारतमा समेत स्थानीय तहको चुनाव प्रदेशले गराउने गरेको भन्दै नेपालमा पनि यो व्यवस्था गर्न सकिने उल्लेख गर्नुभयो ।

पालिकाको चुनाव प्रदेश सरकारले गराउनेबारेमा आयोगलाई कुनै आपत्ति नरहेको तर त्यसका लागि अहिलेको कानून फेर्नुपर्ने उहाँको भनाइ छ । उहाँले प्रत्यक्ष निर्वाचित र समानुपातिकबीच विभेद गर्न नहुनेमा पनि जोड दिनुभएको छ ।

प्रकाशित मिति : शनिबार, माघ ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij