चितवन,
चितवनको भरतपुर महानगरपालिका २९ सेतीदोभानमा यात्रुवाहक बस दुर्घटना भएको छ।
मुग्लिङ नारायणगढ सडक खण्डमा आज बिहान ४ बजेर ४० मिनेटमा नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको लु।प्र।०३ ,००१ख ००७७ नम्बरको बस पुलबाट २० मिटर तल खोल्सामा खसेको हो। बसमा सवार २ जनाको उद्धार गरी चितवन मेडिकल कलेजमा पठाइएको चितवन प्रहरीले जानकारी दिएको छ।
बसमा २९ जना सवार रहेको बुझिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने २२ जना मध्यम अवस्थामा छन्।
सबै घाइतेहरूको सीएमसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : आइतबार, माघ २७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्