तिलोत्तमा –जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलिका बिभिन्न अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही बाट खटिएको प्रहरी टोलीले फागुन ११र १२ गते जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी तथा पैठारी गरेको अबस्थामा अन्दाजी ६ लाख ३९ हजार ७८० मुल्य बराबरको सामान बरामद गरेको जनाएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ९ इटाभट्टीबाट कपिलबस्तु जिल्ला कपिलबस्तु नगरपालिका वडा नं ४ बस्ने २५ बर्षका सुरेन्द्र गडेरिर उनको साथबाट हातेरुमाल र मोजा गरी अन्दाजी ५२ हजार ६ सय ८० बराबरको सामान बरामद गरी सामान सहित आबश्यक कारबाहिका लागि भैरहवा भन्सार कार्यालय बेलहिया बुझाइएको रुपन्देही प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी सुरज कार्कीले बताउनु भयो ।
त्यसै गरी रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं ६ गल्लामण्डी बाट रा १ ह ४२३४ नं को ई रिक्सामा बदाम २ बोरा , मटर ९ बोरा , तथा ई रिक्साको मुल्य समेत गरी अन्दाजी २ लाख ३७ हजार ६०० बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
साथै देबदह नगरपालिका वडा नं ७ सित्तलनगरबाट बेवारिसे अवस्थामा ३ बोरा २ सय ३३ पिस लेडिज सुट बरामद गरी राजश्व कार्यालय बुटवल पठाएको कार्कीले बताउनु भयो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन १३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्