तिलोत्तमा, अबैध लागुऔषध सहित रुपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १० चौराहाबाट अबैध लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा बाट खटिएको संयुक्त टोलीले लु १५ प २७९३ नं को मोटरसाइकल चेक जाँचका क्रममा अबैध लागुऔषध कारोबारी पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा नवलपरासी जिल्लाको प्रतापपुर गाउँ पालिका गोपिगन्ज निवासी २८ बर्षिय मनिराम चमार रहेका रुपन्देही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिनुभयो । निजको साथबाट फेनरागन १ हजार एमपुल , डाईजेपाम १ हजार एमपुल, नुफिन १ हजार एमपुल र लु ९५ प २७८३ नं को मोटरसाइकल एकथान बरामद भएको हो ।
पक्राउ परेका चमारलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पांच दिनको म्याद थप गरि ईलाका प्रहरी कार्यालय बुटवलबाट अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्