नेकपा रुपन्देहीद्वारा सहिद-बेपत्ता परिवार सम्मान

नेकपा रुपन्देहीद्वारा सहिद-बेपत्ता परिवार सम्मान

 

बुटवल,

सहिद सप्ताह अन्तर्गत नेकपा रुपन्देहीले जनयुद्धका क्रममा रुपन्देहीबाट साहदत भएका सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरेको छ ।

आईतवार बुटवलमा एक कार्यक्रमकाबीच सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरेको साे पार्टीले जनाएको छ ।

२०५२ साल फागुन एक गतेदेखी सुरुभएको जनयुद्धका क्रममा रुपन्देहीबाट २०५५ साल कात्तिक २३ गते माधब घिमिरेको पहिलो साहदति भएको थियो भने एकै घरपरिवारका ६ जना सहित ७१ जनाले रुपन्देहीबाट बलिदानी गरेको नेकपा रुपन्देही सेक्रेटरी बिरन्द्र बिकले बताए । सुपानेट झुल, खादा र नगद सहित सम्मान गरिएको उक्त कार्यक्रममा करिब ६० सहिदपरिवार उपस्थित भएका थिए ।

 

सम्मान कार्यक्रममा प्रमुख अतिथि नेकपाका पोलिटव्युरो सदस्य एवं रुपन्देही ईन्चार्ज बसन्त श्रेष्ठले महान सहिदहरुको बलिदानको जगमा जन्मिएको बर्तमान ब्यबस्थामा शाशन चलाउनेहरुलाई जनयुद्ध र सहिदहरुको अपमान गर्ने छुट नभएको बताए । उनले भने – “जनयुद्धको रगतको जगमा जन्मिएको ब्यबस्थामा केन्द्र, प्रदेश र स्थानीय तहमा रजगज गरेका शाशकहरुले जनयुद्धलाई नै अपमान गर्ने हैन जनयुद्धका सहिदहरु माओवादीका मात्रै सहिद नभै गणतन्त्रका सहिदको रुपमा सम्मान गरेर उचित अवशर दिन जरुरी छ । राणाका विरुद्ध संघर्षमा साहदति गरेका चार सहिद पन्चायतका बिरुद्धका सुखानि लगायतका आन्दोलनका सहिद र राजतन्त्रको समुल अन्त्यका लागि गरेको जनयुद्धका सहिदमा फरक कसरी हुन सक्छन? ति सबै सहिद राष्ट्रीय सहिद हुन ।”

 

सहिद परिवारहरुलाई सम्मानगर्नुको साटो जनयुद्धलाई नै अपराधिकरण गर्न खोजेको भन्दै सक्छौ सम्मान गर हैन भने अपमान गर्ने धृष्टता नगर्न चेतावनी दिए ।

 

सहिद बेपत्ता परिवार र उनका सन्ततिहरुको सम्पुर्ण रुपमा जिम्मा लिनुपर्ने र जनयुद्धका सहिदहरुलाई राष्टीय सहिद घोषणा गर्नुपर्नेमा जाेड दिदै उनलेे भने – “सहिद बेपत्ता परिवारका आँशु र पिडालाई कमजोरी ठानेर दवाउने कोशिश नगरियोस । त्यो बिद्रोहमा सल्कियो भने शाशकहरुले आँसु बगाउन पनि पाउँनेछैनन ।”

 

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सरद वलीले सहिदपरिवार संग सहकार्य गर्दै हिमाल पहाड तराईका जनताको एकाकारमा नेपालको दलाल पुजीवादी सत्तालाई अन्त्य गरी नेपाली बिशेषताको समाजबाद ल्याउन फेरी एकपटक नयाँ संकल्प गर्न जरुरी रहेको बताए ।

 

यस्तै कार्यक्रममा नेकपा माओबादी केन्द्रकी रुपन्देही ईन्चार्ज तथा सहिद परिवार सोनीया यादव, सभासद तथा सहिद परिवार लता घिमिरे, सहिद बेपत्ता समाज रुपन्देही सचिव शिब घिमिरे, सहिद जीवनारायण सुबेदीकी श्रिमती ईन्दिरा सुबेदी लगायतले सहिदहरुको योगदानलाई खेरजान दिन नहुने बताए । कार्यक्रममा समाना परिवारकी रेश्मी बुढाको सहिद तिमिलाई बोलको गित गाएकी थिइन् ।

 

पार्टिका केन्द्रीय सदस्य शरद वलीको अध्यक्षता अर्का केन्द्रीय केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी बिरेन्द्र बिकको संचालनमा सम्पन्न कार्यक्रममा सहिदपरिवारसंग अन्तरक्रिया समेत गरिएको साे पार्टीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij