बुटवल – बुटवलबाट अर्घांखाँची जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुटवलबाट अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ ढाडचौर जाँदै गरेको लु १ ज ४२२६ नम्बरको जिप सोही वडाको कुभिन्डे भन्नेमा विहीबार करिब १२ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी मालारानी गाउँपालिका वडा नम्बर २ का ५० वर्षीय जीप चालक कृष्णलाल मरासिनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जीप सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्