सर्प उद्धार कर्ता सारु कान्छाले झुल वितरण गर्दै समुदायमा चेतना फैलाउँदै

सर्प उद्धार कर्ता सारु कान्छाले झुल वितरण गर्दै समुदायमा चेतना फैलाउँदै

 

बुटवल – रुपन्देहीको सैनामैनाका सर्प उद्धार कर्ता चेत बहादुर सारु ( सारु कान्छा)ले समुदायमा पुगेर झुल वितरण गर्नु भएको छ । गर्मी याम सुरु भएपछि लामखुट्टे तथा सर्पको डसाईबाट बच्नको लागि भन्दै उहाँले समुदायमा पुगेर झुल वितरण गर्नु भएको हो । शनिबार सैनामैना नगरपालिका वडा नं. १० सालझण्डीको कटानीमा गरिब तथा बिपन्न परिवारलाई सारु कान्छाले परिवार संख्याको आधारमा २०० झुल वितरण गर्नु भएको हो । प्रत्येक वर्ष झुल विरण गर्दै आउनु भएका उहाँले समुदायमा सर्पको डसाईबाट बच्ने उपायको बारेमा जनचेतना फैलाउँदै झुल वितरण गर्दै आउनु भएको छ । विगत ५ वर्षदेखि सर्पको उद्धार गर्र्दै आउनु भएका सारु कान्छाले बैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली र सर्प उद्धार गर्र्दा पाएको रकमबाट प्रत्येक वर्ष झुल वितरण गर्दै आएको बताउनु भयो । यस क्षेत्रमा पाईने विषालु सर्पहरु गोबन, बाघे, गनग्वारी र घोरघोराईजको बारेमा जानकारी दिँदै बच्ने उपायको बारेमा उहाँले जानकारी दिनु भयो । उहाँले अहिलेसम्म ५ सय भन्दा वढि सर्पको घर तथा गोठबाट उद्धार गरेर सुरक्षित बासस्थानमा छोड्दै आउँनु भएको छ ।

स्थानीय समाजसेवी होमनाथ अधिकारीले सारु कान्छाले सर्पको उद्धारसँगै सर्पबाट बच्ने उपायको बारेमा समुदायमा जनचेतना फैलाउँदै आएको बताउनु भयो ।विदेशमा रहेका नेपाली र सारु कान्छाको सहयोगबाट गरिब तथा बिपन्न परिवारलाई झुल वितरण गरिईएको उहाँले जानकारी दिनु भयो । सर्प उद्धार कर्ता चेत बहादुर सारु, दीपका काउचा, तुलसी पोखरेल, राजकुमार रेश्मी , प्रेमा पुलामी, गगन श्रेष्ठ र एमके ईकुमेन्टको आर्थिक सहयोगमा झुल वितरण गरिईएको अधिकारीले जानकारी दिनु भयो । स्थानीय निमा पुन काउचाले विगत २ वर्षदेखि लामखुट्टे तथा सर्पको डसाईबाट बच्नको लागि र गरिब तथा बिपन्न परिवारलाई जनचेतना फैलाउनको लागि कार्यक्रम गर्दै आएको जानकारी दिनु भयो । अर्का स्थानीय नवराज खनालले सारु कान्छाले सर्प उद्धारको काम सुरु गरेपछि यस क्षेत्रमा सर्प मार्ने क्रम घट्दै गएको र घरमा आएका सर्पलाई उद्धार हुने गरेको बताउनु भयो । स्थानीय हर्कबहादुर बस्नेतले सर्पको डसाईबाट पीडित भएर पनि सारु कान्छाले यस क्षेत्रमा सर्पको उद्धार गर्दै र जनचेतना फैलाउँदै आएको चर्चा गर्नुभयो ।

प्रकाशित मिति : शनिबार, चैत्र १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij