काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाकी नेता प्रतिभा रावलसहितले आज सर्वोच्चमा रिट निवेदन दिएका हुन् । सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई चैत २२ गते अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।
आदेश आएको केही घन्टामै लामिछाने पक्राउ परेका थिए । उनी जिल्ला कारागार रुपन्देहीको थुनामा छन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्