पाल्पा – पाल्पामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । राति १० बजेको समयमा असारेबाट ठुलापोखरीका लागि छुटेको लु १ ज २३७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा दुर्घटनामा परेको हो ।
रैनादेबी छहरा गाउँपालिका १ सिद्धेश्वर असारेमा रहेको भित्रि कच्ची सडकमा भएको दुर्घटनामा एउटै गाउँका तीन जनाको ज्यान गएको छ । दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको तानसेनमा रहेको युनाईटेड मिशन अस्पताल पाल्पामा उपचार भइहेको छ । अस्पतालका अनुसार चालक रेश्मीको अवस्था गम्भीर छ ।
प्रकाशित मिति : सोमबार, बैशाख १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्