काठमाण्डौ – पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि देशका धेरै ठाउँको मौसम बदली छ । मौसम आंशिकदेखी साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले काठमाण्डौ उपत्यकामा घाम लागेको छ । तर दिउँसो काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।
महाशाखाका अनुसार हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । यस्तै मधेश प्रदेशको तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वर्षा, हावाहुरी र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा यी सम्भावित असरबाट जोगिन आवश्यक तयारी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसमविद् महर्जनका अनुसार भोलिदेखि मौसममा सुधार आउने सम्भावना छ ।
प्रकाशित मिति : बुधबार, बैशाख २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्