काठमाडौं , जम्मु काश्मीर, पञ्जाब, राजस्थान, गुजरात र हिमाञ्चल प्रदेशमा कार्यरत नेपालीको वास्तविक सङ्ख्या सरकारी निकायसँगै छैन। भारतका यी पाँच राज्यमा हजारौँ नेपाली कार्यरत रहे पनि उनीहरूको अवस्थाबारे दिल्लीस्थित नेपाली राजदूतावास नै अनभिज्ञ छ । राजदूतावासले शुक्रबार सूचना प्रकाशित गरी जम्मु काश्मीरसहित युद्धप्रभावित क्षेत्रमा कार्यरत नेपालीलाई सुरक्षित रहन आग्रह गर्ने औपचारिकता पूरा गरे पनि त्यहाँ रहेका नेपालीको अवस्थाबारे कूटनीतिक नेतृत्वले अनभिज्ञता प्रकट गरेको हो।
भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले युद्धप्रभावित क्षेत्रमा रहेका नेपालीको सङ्ख्याबारे तथ्याङ्क नरहेको बताए। ‘हामीले त्यहाँ सोध्न चाहिँ लगाइरहेका छौँ तर सरकारी संयन्त्रमा जाने कुरा भएन। नेपाली समुदाय र संघसंस्थाबाट बुझ्ने कुरा भइरहेको छ’, उनले भने, ‘सीमा क्षेत्रबाट तथ्याङ्क आएको छैन। जम्मु काश्मीरमा पनि नेपाली कति छन् भन्ने तथ्याङ्क छैन।’
कति छन् नेपालीरु
सरकारी निकायसँग वास्तविक तथ्याङ्क नभए पनि अन्य सङ्घसंस्थाले नेपाली नागरिकको तथ्याङ्क सङ्कलन गर्ने गरेका छन्। विशेष गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहितका राजनीतिक दलले आफ्ना प्रवासी सङ्गठनमार्फत भारतमा कार्यरत नेपालीको सङ्ख्या संकलन गर्दै आएका छन्।
भारतमा सक्रिय राजनीतिज्ञ एवं सामाजिक अभियन्ता बालकृष्ण पाण्डेका अनुसार जम्मु काश्मीरमा अनुमानित ३० हजार नेपाली नागरिक कार्यरत छन्। उनले भने, ‘वास्तविक तथ्याङ्क त नेपाल सरकार, भारत सरकार र नेपाली दूतावाससँग पनि छैन तर विभिन्न सङ्घसंस्थामा आबद्ध र अरू नेपाली गरी ३० हजार जति जम्मु काश्मीर राज्यमा छन्।’
उहाँले जम्मु काश्मीरमा होटल र ट्रेकिङ ९भरिया० मा धेरै नेपाली आबद्ध रहेको र केही नेपालीले अनुमति लिएरै काम गरिरहेको बताउनुभयो।
उहाँले निर्माण, होटल, उद्योग, कृषि, चौकीदार, सुरक्षागार्डको काममा नेपाली कार्यरत रहेको बताउनुभयो।‘होटल रेस्टुरेन्ट सञ्चालन गरेर बस्ने नेपाली पनि छन्’उनले भने।
राजनीतिज्ञ पाण्डेले पञ्जाबमा एक लाख ५० हजारभन्दा बढी नेपाली कार्यरत रहेको र ती औद्योगिक क्षेत्रमा प्राविधिक तथा सुरक्षागार्डदेखि कृषि श्रमिकसम्म रहेको बताए। उनका अनुसार राजस्थान र गुजरातमा पनि एक लाखको हाराहारीमा नेपाली छन्। उनले प्राविधिक र अन्य कर्मचारी गरी सैन्य सेवामा एक लाख जति नेपाली कार्यरत रहेको बताए।
प्रकाशित मिति : आइतबार, बैशाख २८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्