काठमाण्डौ – हेटौँडा–कुलेखानी–फाखेल–हुँदै काठमाण्डौ जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड पर्सि जेठ २ गतेदेखि २० गतेसम्म बन्द हुने भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड कालोपत्रे गर्नुपर्ने भएकोले यो सडक खण्ड १९ दिनका लागि गाडीको आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ ।
बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय, हेटौँडामार्फत यो सडक खण्डको स्तरोन्नतिको कार्य हुँदै आएको छ ।
सडक बन्द हुने अवधिमा हेटौँडा–काठमाण्डौ वा काठमाण्डौ–हेटौँडा यात्रा गर्नुपर्ने गाडीले अन्य वैकल्पिक मार्गका रुपमा कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडक को प्रयोग गर्नसमेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले निकालेको सूचनामा भनिएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्