पाेखरा
पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा विद्युतीय सवारीसाधन दुर्घटना हुदाँ तीन जनाको मृत्युभएको छ ।
काठमाडौंबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरका विद्युतीय यात्रुबहाक सवारी दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विद्युतीय (ईभी) सवारी लामेआहाल सडक खण्डबाट तल खेतमा खसेको थियो । मृतकको सनाखत भइसकेको छैन ।
दुर्घटनामा घाइतेमध्ये ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । अन्य ७ जनाको भने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार दिउँसो नै पोखरा २२ स्थित विश्वशान्ति स्तुपबाट फर्किदैं गएको यात्रुबहाक माईक्रोबस दुर्घटना हुदाँ २६ जना घाईते भएका छन् । बुधबार दिउँसो विश्वशान्तिस्तुपबाट फर्किने क्रममा ग १ ख ३८८६ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको घाईतेको उद्दार गरिएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्