कपिलवस्तुको बुद्धभुमीमा कारको ठक्करबाट २ जनाको मृत्यु

कपिलवस्तुको बुद्धभुमीमा कारको ठक्करबाट २ जनाको मृत्यु

बुटवल -कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ बसन्तपुरमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट ज्यान गएको छ। आज शुक्रबार बिहान करिब ५:४५ बजे पत्थरकोट–गोरुसिंगे सडक खण्डमा उक्त दुर्घटना भएको हो । पत्थरकोटबाट गोरुसिंगेतर्फ गइरहेको बिएबी ९५९९ नम्बरको कारले दुई महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए । कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी तथा सुचना अधिकारी मोहन मणी अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij