सगरमाथा सम्बाद : आज चार वटा बिषयमा ९ वटा सत्र

सगरमाथा सम्बाद : आज चार वटा बिषयमा ९ वटा सत्र

काठमाडौं , काठमाडौंमा जारी ‘सगरमाथा संवाद’को दोस्रो दिन शनिबार विभिन्न विषयमा छलफल सत्र सञ्चालन हुँदैछ।

बिहान ९ बजेदेखि साँझ साढे ६ बजेसम्म चल्ने कार्यक्रममा ४ विषयमा ९ वटा छलफल सत्र चलाइनेछ, जसमा हरित अर्थतन्त्र, जलवायु हानि–नोकसनी र न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य र विश्वव्यापी तथा क्षेत्रीय साझेदारी शीर्षकमा छलफल हुने संवाद सचिवालयले जनाएको छ। हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ।

संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यो सत्रमा बोल्ने अवसर हुनेछ। प्रत्येक प्रतिनिधिमण्डलले आफ्ना विचार राख्न पाँच मिनेट समय पाउनेछन्।

संवादको पहिलो दिन हिजो जलवायु परिवर्तनको असर, जोखिम र न्यायका विषयमा छलफल भएको थियो। जलवायु परिवर्तनमा भूमिका नै नभएका नेपालजस्ता देशलाई बढी कार्बन उत्सर्जन गर्ने देशरुले जलवायु न्यायका लागि वित्तीय सहायता माग गरिएको थियो। सहभागी देशहरूले पनि सघाउने प्रतिबद्धता जनाएका थिए।

सरकारले ६ वर्षअघि नै सगरमाथा संवाद आयोजना गर्न खोजे पनि कोभिड महामारीका कारण रोकिएको थियो। लामो समयको तयारीपछि आयोजना गरिएको संवाद आइतबारसमापन हुनेछ। अन्तिम दिन अतिथिहरूका लागि सगरमाथामा उडानको व्यवस्था गरिएको छ।

काठमाडौं घोषणापत्र जारी गर्दै कार्यक्रम समापन हुनेछ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij