४० घन्टा रोकिएको दाउन्ने सडक ग्राभेल हालेर संचालनमा

४० घन्टा रोकिएको दाउन्ने सडक ग्राभेल हालेर संचालनमा

दाउन्ने अपडेट

काठमाडौँ , बुटवल–नारायणगढ सडकखण्डको दाउन्नेमा ग्राभेल हालेर यातायात सञ्चालनमा आएको छ।

दाउन्नेको दलदले हिलोमा ग्राभेल राखेर यातायात सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका डीएसपी मधु नेपालले जानकारी दिए।

हिलोको दलदलमा फसेको सडकमा ग्राभेल राखेर सहज बनाएपछि गाडी गन्तव्यतर्फ हिँडेको डीएसपी नेपालले बताए।

आज दिउँसोबाट दाउन्नेको विश्वकर्मा मन्दिरअगाडिको दलदल हिलोबाट गाडी निकाल्न ग्राभेल राख्न थालिएको थियो।

वर्षा रोकिएकाले ग्राभेल हाल्न सजिलो भएको र ४० घण्टादेखि रोकिएका गाडी गन्तव्यतर्फ हिँडेका हुन्।

 

प्रकाशित मिति : बिहिबार, असार ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij