बाढीले बगाउँदा रसुवामा १५ जना बेपत्ता

बाढीले बगाउँदा रसुवामा १५ जना बेपत्ता

रसुवा , भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा रसुवामा १५ जना बेपत्ता भएका छन्।

आज बिहान भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले थाहाखबरलाई जानकारी दिए। उनले बाढीमा परी १५ जना बेपत्ता भएको बताए। प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसारबेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना नेपाली कामदार ४ जना चिनिया मजदुर र २ जना ड्राइभर रहेका छन्।

 

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ। त्यहाँ सयौँ इभी गाडी पनि बगाएको अनुमान गरिएको छ। स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

 

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएका कारण त्रिशुली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन्।

प्रकाशित मिति : मंगलबार, असार २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij