तिलोत्तमा , रुपन्देही प्रहरीले करिब छ लाख बराबरका भन्सार छलिका बिभिन्न अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका स्थान बाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी तथा पैठारी गरेको अबस्थामा छ लाख ५३ हजार ८२० रुपैयाँ मुल्य बराबरको सामान बरामद गरेको जनाएको छ ।
प्रहरीले जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मायादेवी गाँउपालिका वडा नं ४ र ५ केनौनी र रोहिणी गाँउपालिका वडा नं ७ खुरखुरीया बाट लु ४ प ७९२७ , लु २३ प ९७९५ र लु ४ प २७९६ं को मोटरसाइकल र बोइलर कुखुरा ७० वटा मोटरसाइकल सहित नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक गणेश सापकोटाले जानकारी दिनुभएको छ ।
त्यस्तै, वडा प्रहरी कार्यालय भैरहवा बाट खटिएको प्रहरी टोलीले सियारी गाँउपालिका वडा नं १ मधुवन बाट रोहिणी गाँउपालिका वडा नं ६ का मोहम्मद कैफले चलाएको ग्ए
छछ ब् त्त घद्दण्द्द नं को मोटरसाइकल र बेबारिसे अबस्थामा रहेको ग्ए छट ब्म्ठठठघ र ग्ए छटद्यऋ डछण्ज्ञ नं को मोटरसाइकलमा ल्याउदैँ गरेको १सय४० बोइलर कुखुरा र मोटरसाइकल मानिस सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
साथै इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं १ बाट बेवारिसे अबस्थामा रहेको ८४ पिस कपडा बरामद गरेको छ ।
त्यस्तै गरि इलाका प्रहरी कार्यालय मझगँवा र प्रहरी चौकी शिवपुर गोनाहाबाट खटिएको संयुक्त प्रहरी टोलीले कोटहीमाई गाँउपालिका वडा नं ६ मकरी चोकबाट मुलाको बिउ बिजन र बिभिन्न किसिमका झार मार्ने औषधी बरामद गरेको छ । भने प्रहरी चौकी मेउडिहवा बाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं २ झण्डीबाट लेडिज कुर्ता २५ पिस बरामद गरेको प्रहरी नायव उपरिक्षक सापकोटाले जानकारी दिनु भएको छ ।
साथै बरामद भएका सामानहरु आबश्यक कारबाहिका लागि भैरहवा भन्सार कार्यालय बेलहिया तथा पशु क्वारेन्टाइन कार्यालय बेलहिया पठाएको पनि उहाँले जानकारी गराउनु भएको छ ।
प्रकाशित मिति : शनिबार, साउन १० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्