गुल्मी — गुल्मीमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका(५ वस्तु अमराईकी ३० वर्षीया जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए ।
प्रहरीका अनुसार आइतबार बिहान ३ बजेको समयमा आगलागी भएको थियो । मृतक जुना आमा ७० वर्षीया मनिदेवी विकसँग बस्दै आएकी थिइन् ।
जस्ताले छाएको कच्ची एक तले घर थियो । मनिदेवीसँगै बस्ने नातिहरु भने सकुशल छन् । वडाध्यक्ष केशवराज भण्डारीका अनुसार नातिहरु मनिदेविका छोरातर्फका हुन् । छोरी जुनाको मानसिक स्वास्थ्यमा समस्या थियो ।
ईलाका प्रहरी कार्यालयबाट पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा टोली खटिएको छ । आगलागीबाट तीन लाख बढीको क्षति भएको अनुमान गरिएको छ । शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइँदैछ ।
प्रकाशित मिति : आइतबार, साउन ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्